हिजो दिउसो बिमला ले लेखेको dairy भेटे . मैले सधै diary लेख भन्दा नलेख्ने बिमु ले लेखेको diary ले मेरो मन छोयो. diary एस्तो छ |
आज बिहान छोरीको आवाज संगै मेरो पनि निन्द्रा खुल्यो सधै जस्तै छोरीले मामु पानी भनी, सुसू आयो भनी, मेरो बाबा खै भनी यी सब कुरा हरु मेरा यी दिनहरुमा मेरो जीवन को जप मन्त्र भैसकेको थियो. छोरी को मिठो आवाज हाम्रो सुन्यतामा खुशी भर्दथ्यो, हरेक दुख मा मलम लगाउथियो. यसैगरी खाने डुल्ने दिन यसैगरी बितेको थियो. अचानक साझमा नेपाल को नम्बर बाट फोन आयो त्यो पनि दिदि को नम्बर बाट. आवाज स्पस्ट थिएन नेटवर्क समस्या ले गर्दा, बहिनीले गरेको फोन मा यस्तो भनि --दिदि भिनाजु I C U मा हुनुहुन्छ मन झसङ्ग भयो मेरो प्रति प्रश्न छोरो रोएको त छैन. मलाई पिर छोरो अब के गर्छ, जो बाबा बिना कुनै पनि रात सुत्न पनि सक्दैन. मोटरसाइकल मा बाबा सुत्दा बाबा, जसलाई आमाको दुध को मतलब छैन. यस्तो बच्चा को अगाडी बेहोस भएको रे अनि मानिसहरुले उठायर लागेको देख्यो हस्पिटल. त्यो बच्चाको मनास्पटन मा कस्तो प्रभाब पर्यो होला ............मेरो दुइ हात जोडी बिन्ति छ प्रभु छोरोको खुसि फर्काइदेउ .................