विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Friday, December 24, 2010

Rajesh Lamsal

Mr. Rajesh Lamsal with his Mother and Sister at Dada Kalika Mandir. He is the cricket player of Nepal. He He is playing From Pokhara under 19 cricket. He is alrounder cricket player.

Sunday, December 19, 2010

Rajesh Lamsal Debue From Pokhara

काठमाडौ, पुस ४ - जनकपुरले वाईवाई यू-१९ वान-डे राष्ट्रिय क्रिकेटमा शनिबार गतिलो सुरुआत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसै वर्ष थप गरेको नयाँ क्षेत्र जनकपुरले नेपालगन्जलाई ३ विकेटले हरायो । अर्को नयाँ क्षेत्र पोखरा भने वीरगन्जसँग १ सय ८६ रनले पराजित भयो ।
त्रिभुवन विश्वविद्यालयको मैदान, कीर्तिपुरमा भएको खेलमा क्षेत्र नम्बर-५, नेपालगन्जले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २ सय ३६ रन जोडेको थियो । उसका कप्तान सुवेन्दु पाण्डेले ५० रन योगदान गरे । उनले ६४ बलको सामना गर्दै ८ चौका प्रहार गरेका थिए । उसका भूपेन्द्र थापाले ३९, इनामुदिन हल्वाईले ३४ र नवराज शाहीले २८ रन जोडेका थिए । बलिङमा क्षेत्र नम्बर-७, जनकपुरका सुशान्त मण्डलले तीन विकेट लिए । उनले १० ओभरमा ३७ रन खर्चिए । राहुलप्रताव सिंह र अभिषेक झाको नाममा २-२ विकेट रह्यो ।
जवाफमा चन्दन झाको नटआउट ७४ रन मदतले जनकपुरले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर जित दर्ता गर्‍यो । 'म्यान अफ द म्याच' चन्दनले ९९ बलको सामना गर्दै ७ चौका प्रहार गरे । उनलाई कप्तान समीर नेपालले ३९ रन बनाएर साथ
दिए । चन्दन र समीर मिलेर चौथो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सुशान्तले २६ र अभिषेकले २५ बनाए । बलिङमा नेपालगन्जका सुवेन्दु र इनामुदिनले समान २-२ विकेट लिए । नेपालगन्जको यो लगातार दोस्रो हार हो । उसको अर्को चरणमा प्रवेश गर्ने सम्भावना न्यून भएको छ । यता, इन्जिनियरिङ मैदान कीर्तिपुरमा भएको खेलमा अविनाश कर्णको अलराउन्डर इनिङमा वीरगन्जले प्रतियोगितामा दोस्रो जित दर्ता गर्‍यो । जितसँगै उसले अर्को चरण प्रवेशको आफ्नो सम्भावना बलियो बनायो । 'म्यान अफ द म्याच' अविनाशले ब्याटिङमा ५३ रन जोडे भने बलिङमा २ विकेट हात पारे । उनको राम्रो प्रदर्शनमा पहिले ब्याटिङ गरेको वीरगन्जले ९ विकेट गुमाएर २ सय ७४ रन जोडेको थियो । अविनाशले ४५ बलको सामना गर्दै चार चौका र तीन छक्का प्रहार गरेका थिए । उसका रविन गुरुङ, मोहम्मद हसिम र विवेक दलीले क्रमशः ४३, ३२ र ३१ रन बनाए । बलिङमा क्षेत्र नम्बर-८ पोखराका निश्चल पाण्डेले सर्वाधिक तीन विकेट
लिए । उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए । अजय लामा र सौजन बीसीले समान २-२ विकेट हात पारे ।
वाफमा नौ खेलाडीको डेब्युसहित राष्ट्रिय क्रिकेट खेल्न आएको पोखरेली टिमका ब्याट्सम्यान वीरगन्जका बलरसामु टिक्न सकेनन् र टिम ३३ ओभर ३ बलमा ८८ रनमा समेटियो । पोखराका सचिन गुरुङले ३४ र राजेश लम्सालले २१ जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् बलिङमा वीरगन्जका जट्टाशंकर सर्राफले ४, साहनवज अलीले ३ तथा अविनाशले २ विकेट लिए । जट्टाले ८ ओभर ३ बल बलिङ गर्दै ११ रन खर्चेका थिए ।  

Saturday, December 18, 2010

Who is Mr. Rubel chaudhary??

बंगलादेशी नागरिक रुबेल चौधरीको मुख्य बसोबास बेलायत हो । आमा-बुवाबाहेक उनका परिवारका अधिकांश सदस्य बेलायती नागरिक हुन् । उनको प्रारम्भिक शिक्षा बंगलादेशमा भए पनि उच्च शिक्षा बे लायतमै भएको थियो । बेलायतको कलेजमा अध्ययन गर्दागर्दै सुजाताकी छोरी मेलानीसँग उनको चिनजान भएको थियो ।

तीनवर्षे चिनजानपछि रुबेल र मेलानीबीच पाँच वर्षअघि विवाह भएको थियो । विवाहअघि उनले आफू बंगलादेशको सबैभन्दा धनी एवं बंगलादेशको राजनीतिमा गहिरो प्रभाव पार्ने परिवारको सदस्य भएको  बताएका थिए । मेलानीसँग विवाह गर्नकै लागि उनले बेलायतबाट निस्कने एउटा पत्रिकामा आवरण तस्बिर प्रकाशित गराएर मेलानीमार्फत कोइराला परिवारका सदस्यहरूलाई बाँडेका थिए । नेपालको  राजनीतिको केन्द्रमा रहेको कोइराला परिवारलाई प्रभावमा पार्न उनले आफूलाई युरोपमा ठूलो बिजनेस हाउसको प्रमुख सेयर होल्डरका रूपमा प्रस्तुत गरेका थिए तर ती सबै झूटको पोल त्यसबेला खुल्यो  जब उनको विवाहमा रुबेलमा बुवा-आमा सामेल भए । पारिवारिक सदस्यहरूको कुराकानीमा चौधरी दम्पतीले आफूहरू ढाकाको मध्यमबर्गीय परिवार भएको र छोरालाई दुःख गरेर लन्डन पठाएको कुरा  बताएका थिए । त्यसलगत्तै पत्रिकामा प्रकासित रुबेलको आवरण तस्बिर नक्कली भएको कुरा रहस्योद्घाटन भयो । उनले त्यसबेला चर्चित पत्रिकाको मास्क हेड प्रयोग गर्दै आवरण पृष्ठ डिजायन गरेर स्टोरी  तयार पारी त्यसको फोटोकपी कोइराला परिवारलाई उपलब्ध गराएको अनुमान स्वयं कोइराला परिवारका सदस्यहरूको छ किनभने कुनै पनि हैसियत नभएका रुबेलको तस्बिर कभरमा छापिनुपर्ने कुनै कारण  थिएन । वास्तविक कुरा बुझ्न केही समयपछि ढाका पुगेका कांग्रेस नेता लक्ष्मण बस्नेतले पनि मेलानीसँग विवाह गर्नकै लागि रुबेलले आफ्नो हैसियत बढाएर प्रस्तुत गरेको जानकारी पाएको बताइन्छ ।

'यति हुँदा-हुँदै पनि रुबेलसँग मानिसलाई आफ्नो बनाउने विशेष गुण छ ।' रुबेलसँग लामो समय बिताएका एक सदस्यले भने, 'प्रेम पाउन र शक्तिशाली पारिवारको साथ पाउन केही झूट बोल्नु सामान्य हो ।  व्यवहारमा उनी असल मानिस हुन् ।' विवाहको केही समयपछि नै नेपाल बस्न थालेका रुबेल त्यसयता आफ्नो 'ठूलो बिजनेस' गर्न बेलायत फर्किएका छैनन् । बरु उनी विगत ४ वर्षदेखि पासपोर्ट रिन्यू गर्दै  मण्डिखाटारस्थित सासू सुजाताको घरमा बस्दै आएका छन् । बेलायत वा बंगलादेश किन नफर्किएको भनेर सोध्नेहरूलाई उनी हाँसी-हाँसी एक्ली सासूलाई आफूजस्तो छोराको खाँचो भएकाले नेपालमै बसेको  जबाफ दिन्छन् । जानकारहरूका अनुसार उनी कहिलै ज्वाइूका रूपमा व्यवहार गर्दैनन् बरु कांग्रेस कार्यकर्ताझैं कोइरालाको घरमा आएका पाहुनासँग चिसो-तातो तथा नजिकका कार्यकर्तासँग खर्च-पानीको  समस्या सोधपुछ गर्छन् । मेलानी सुत्केरी भएयता उनी आमा सुजातासँगै बस्न थालेका कारण पनि रुबेल श्रीमतीको साथ लागेर मण्डीखाटार सरेको बताइन्छ ।

कोइराला परिवार लगातार शक्तिमा रहेका कारण रुबेलले नेपाल नछाडेको अनुमान गरिन्छ । रुबेलले परराष्ट्रमन्त्री सुजाता कोइरालाको शक्तिकै आधारमा रातो पासपोर्ट बोक्ने गरेको आरोप पनि छ । यद्यपि  त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । ३६ वर्षीय रुबेलमाथि नेपाल प्रहरीको सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारमा सहयोग गरेको आरोप लाग्दै आएको छ । त्यसैगरी विभिन्न ठेक्कापट्टा मिलाउने  काममा पनि उनको रुचि भएको बताइन्छ । कालो कलरको किया स्पोर्टेज गाडी चढ्ने रुबेलको आम्दानीको स्रोतमाथि शंका गर्नेहरू पनि उत्तिकै छन् । नेपालमा उनी सुष्मा कोइराला मेमोरियल ट्रस्टको  सल्लाहकारका हैसियतमा रहँदै आएका छन् ।

My Past