विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Friday, July 6, 2012

'धनयुद्ध' रहेछ Copied from Kantipur by Kalpana Dhakal

माओवादी पार्टी फुटेपछि दुई पक्षका नेता-कार्यकर्ताबीच ठाउँ-ठाउँमा झडपमात्र भएन, चितवनमा त गोलीसमेत चल्यो । तर त्यो ठूल्ठूला सैद्धान्तिक-राजनीतिक विषयलाई लिएर भएको देखिएन, उनीहरूबीच झगडाको बीउ रहेछ- सम्पत्ति । पार्टीको साधनस्रोत, आर्थिक कोष, कार्यालय लगायत भौतिक सम्पत्तिमाथि कसले कव्जा जमाउने भन्ने विषयलाई लिएर सुरू भएको अहिलेको 'धनयुद्ध'ले मलाई उनीहरूले उहिले गरेको 'जनयुद्ध' तिरै फर्कायो ।
२०५२ सालमा माओवादी सशस्त्र युद्ध सुरू गरिंदा म कक्षा ८ मा पढ्थें । काठमाडौंबाट घर (कैलाली) जाँदा त्यहाँ यत्रतत्र सबैतिर देखिने-भेटिने माओवादीका सबै कुरा र उद्देश्य नबुझे पनि उनीहरूले गाउँघरका जमिनदार वा हुने-खानेहरूलाई तारो बनाउन खोजेको स्पष्टसँग बुझिन्थ्यो । अहिले आएर त्यो कुरा विचार गर्दा जमिनदारहरूलाई तारो बनाउनुको प्रमुख कारण उनीहरूसँग रहेको सम्पत्ति थियो । माओवादीले १० वर्ष लामो रगताम्ये युद्ध किन गरे होलान् भनेर अहिले सोच्दा त्यो मूलतः सरकारको होस् वा व्यक्ति विशेषको स्रोत-साधन र अन्ततः सम्पत्तिमाथि आफ्नो अधिकार स्थापित गर्ने मनसायबाट प्रेरित थियो भन्ने नै देखिन्छ ।
भन्न त उनीहरूले पनि आफ्नो मूल उद्देश्य समाजमा आर्थिक समानता कायम गर्नु, अनि स्रोत-साधन र शक्तिमा समान हक र पहुँच कायम गर्नु हो भनी गाउँ-गाउँमा प्रशिक्षण दिन्थे । त्यो बेला कतिपय युवालाई जबर्जस्ती आफ्नो युद्धमा संलग्न गराएका पनि थिए । तर त्यति धेरै हजारौं युवाहरूलाई जबर्जस्तीमात्र बन्दुक बोकाउनु सम्भव थिएन । माओवादीसंग आकर्षक सपना र नारा थिए । तीमध्ये सबभन्दा तान्ने कुरा अभावरहित सुनौलो भविष्यको सपना थियो । त्यही आर्थिक समानता वा सम्पन्नताको नारा नै प्रमुख थियो, जसले थुप्रै नेपाली युवाहरूलाई आकषिर्त गर्न सफल भयो । तातो रगत, आलो जोश अनि लोभलाग्दो गन्तव्य- युवाहरू बन्दुक बोक्नेतिर नलाग्ने त कुरै भएन । एकदिन आफूहरूसंग पनि चाहिए जति सम्पत्ति हुन्छ भन्ने सपना सांँच्दै उनीहरू आंँखा चिम्लेर लडे, तर के पाए- त्यो त अहिले शान्ति प्रक्रियाको लज्जास्पद अन्त्यले देखाइरहेको छ ।
सम्पत्ति र शक्ति प्राप्तिको यो लक्ष्य पुरा गर्न माओवादीले सर्वप्रथम धेरै सम्पत्ति हुने अथवा उनीहरूका नजरमा गलत तरिकाले सम्पत्ति आर्जन गरेकाहरूलाई अमानवीय तरिकाले दण्डित गर्ने परम्परा बसाले । अरूको घर, जग्गा र धन-सम्पत्ति कव्जा गर्दै जाँदा उनीहरूको आत्मविश्वास बढ्दै गयो । जमिनदारहरूलाई आक्रमण गर्दागर्दै विस्तारै असाध्यै निम्न स्तरमा आयआर्जन गर्नेहरूमाथि पनि ज्यादती गरिन थाल्यो । कतिसम्म भने असाध्यै सानो स्तरमा घरमै रक्सी पारेर बेच्ने गरिब असहाय महिलालाई समेत कालोमोसो दली सामाजिक बहिस्कारमात्र गरिएन, उनीहरूको कमाइ खाने घैंटाहरूसमेत फोरिए । सायद अर्थ आर्जन गर्ने र शक्तिको गलत प्रयोग गर्ने माओवादीको तरिका त्यहींबाट बिगि्रसकेको थियो । 
तर पैसाबिना त उनीहरूको पनि काम चलेन । त्यसपछि माओवादीले सानातिना पसल थाप्नेदेखि लिएर विद्यालय सञ्चालन गर्नेहरूलाई समेत देख्न सकेनन् । उनीहरूको नजरमा सबैले टन्न पैसा कमाइरहेका थिए । आफूहरूले गरिरहेको यत्रो 'महान कार्य'मा सबैको योगदान हुनैपर्छ भन्ने उनीहरूको सोचाइ देखिन्थ्यो । चन्दा नदिएर प्रतिवाद गर्न खोज्ने कतिले ज्यान पनि गुमाए ।
अरूको सम्पत्तिमाथि प्रहार गर्दै युद्ध थालेको पार्टी ठूलो बन्दै जाँदा आफैं धनवान हुँदै गयो । यसका धेरै नेता नवधनाढ्य भए, कोही त व्यापारीजस्तै देखिन थाले । झन् मूलधारमा आएपछि त उनीहरूलाई चन्दा मागिरहने टन्टा पनि भएन । संविधानसभाको चुनावताका माओवादीको लोकपि्रयता अनि निकट भविष्यमै सत्तामा पुग्ने छांँट देखेर चाकडीस्वरूप आर्थिक सहयोग गर्नेको लर्को लाग्यो । यस्तो आर्थिक सहयोग विदेशबाट पनि प्रशस्तै हुने गरेको कुरा बाहिर आउन थाले । आर्थिक लेनदेन भइरहेको प्रष्टै सुनिने एउटा चर्चित अडियो टेपकाण्डले त माओवादीको भित्री कुरा पनि बाहिर ल्यायो ।
समाचारहरू पढ्दा र कतिपय घटना देख्दा हिजोआज म द्विविधामा पर्छु- होइन् यी माओवादीका नेताहरू राजनीतिज्ञ हुन् कि व्यापारी ? कोहीले सपिङ मल खोलेको सुनिन्छ, कसैले बिजिनेस टावर ठड्याएका छन् । घर-घडेरीका कारोबारदेखि टेलिफोन कम्पनीमा पनि पैसा लगाएको सुनिन्छ । मिडियाको क्षेत्र पनि बांँकी छैन । टिभीहरूमा गरेको लगानी त खुल्लमखुला जस्तै थियो, अब पत्रिकाहरूमा पनि पैसा हालेको कुरा सुनिन थालेको छ ।
माओवादीमा क्रमशः पार्टीमात्रै होइन, केही प्रभावशाली नेता पनि आर्थिक रूपमा अपत्यारिलो ढंगले सबल भइरहेको कुरा जब चर्चाको विषय बन्यो, त्यसपछि आर्थिक बिचलन निकै बढेको कुरा पार्टीभित्रै उठ्न थाल्यो । सुनौलो सपना बोकेर हिजो बन्दुक उठाएका केही युवाहरूले त टेलिभिजनका पर्दामा समेत पार्टीभित्रको आर्थिक विचलनका कुरा उठाए । यस्तो आर्थिक अविश्वासबाट सुरू भएको झगडामा विस्तारै असहमतिका अरू बुँदाहरू थपिंदै गएपछि पार्टी दुई टुक्रा भयो ।
भन्नलाई त नेताहरू सैद्धान्तिक झगडा हो भन्छन्, त्यसैको लेप पनि लगाएका छन्, तर झगडा सैद्धान्तिक मतभिन्नताको मात्रै हो भनेर पत्याउने ठाउँ छैन । व्यक्तिगत कारणदेखि लिएर अन्य धेरै कुरा जोडिन आउँछ । सम्पत्तिकै लागि पार्टी दुई टुक्रा भयो त भन्न नमल्लिा, तर यसो अलि मिहिन तरिकाबाट हेर्दा झगडाको बीउ त्यही अकुत सम्पत्ति पनि भएको देखिन्छ । पार्टीको सम्पत्ति कसले कति लिने भनेर अहिले दुईथरी माओवादीबीच चर्किएको झगडा सडकमै आएको छ । एकथरी नदिने मुडमा देखिन्छ, अर्कोथरी नलिई नछाड्ने मुडमा छ । फुटेर गएका एकजना नेताले त भनिहाले- सम्पत्तिको समान बाँडफाँड नभए पेरिसडाँडा कव्जा गरिन्छ ।
अंशका लागि लड्ने दाजुभाइ अनि चन्दा नदिएको निहँमा स-साना पसलेका हातखुट्टै भाँचिदिने पार्टीका नेताहरूको यो लडाइँ अहिले निकै रोचक छ । उनीहरू आफैंलाई सम्पत्ति यति महत्वपूर्ण हुँदोरहेछ भने अरूलाई चाहिं हँदैन ? उनीहरूले त अब यसरी सोच्लान् कि नसोच्लान्, किनभने आफैं नवधनाढ्य वर्गमा परिणत भइसकेका छन् ।
मचाहिं यो रोचक लडाइँका बीच रक्सी पारेर बेच्ने अनि त्यसरी आर्जन गरेको पैसाले छोराछोरी पाल्ने एकजना विधवालाई सम्भिmरहेको छु । उनले लगाएको पुरानो कालो म्याक्सीसंगै महेन्द्र राजमार्गको एउटा चौराहामा उठबस गर्न लगाएको हिजोको दृश्य मेरो आँखा अगाडि अहिले पनि झलझली आउँछ ।

All of young guys should be change negative to positive then it can be possible.

          There are N type of develop idea and method. Different country have different type of idea and system. If the people do not follow the system, system is useless. Or we can say if ruler unable to make system as should be. Main focus should be in intention. In Nepal there are N no of very good system and rule but neither the ruler can make it as rule nor we follow.

          We should start to make a system from our village and the main thing we should follow. For example a politician or leader makes a rule for forest 'Samudaik Ban'. Its very good idea to save our forest but huge number of people do not follow the rule and now a days there we can see land without tree called 'Samudaik Ban'.

          All of young guys should be change negative to positive then it can be possible.