विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Thursday, January 9, 2014

Good feeling after meeting with school best friend in 15 Years..

Location: - Bageshwar District, Uttarakhand


I travel from Nainital District to Bageshwar with my friend Gyanendra Singh Thakuri, He is my friend and we were best friend in school life 15 years ago. It was awesome feeling to meet with school best friend after 15 years.  

Tuesday, January 22, 2013

Khai kasari hunchha??

नेपाल को बिकाश को लागि यो उ भनेर हामी जनता लाई कुरी कुरी गरेका नेताहरुलाई मेरो १ प्रस्न छ, देश मा महंगी बढिरहेको छ. जनताको स्तर उदोगति मा गैरहेको छ, तर किन कुनै पनि पार्टी लाई महंगी ले छुदैन. हरेक पार्टी संग आकुत सम्पति कहाबाट आउछ. अनि Full Timmer कार्यकर्ता को लालन पालन कसरि हुन्छ. ???  पुष्पकमल जी लगायत विभिन्न पार्टीका मुखिया हरुको  दरबार को भाडा पार्टीले दिने, बिडम्बना १ छाक खान धौ धौ पर्ने नेपाली जनताको दुक्खको घडीमा कुनै पनि पार्टीले सहयोग नदिने.. धन्य छौ नेताहरु ..... 

Tuesday, July 31, 2012

Farmer in Nepal


जनकराज सापकोटा
Bookmark and Share Bookmark

अलग अभ्यास


नवीनतम् शैलीमा काम गर्ने लगाव र हुटहुटी भयो भने परम्परागत सोच र तरिका बदल्न सकिन्छ । अझ कृषिजस्तो उत्पादनशील कार्यमा त नयाँ उत्पादनमा आफूलाई समर्पित गर्ने मिहिनेती किसानहरूको प्रयासले नै कृषि क्षेत्रको परम्परागत चौघेरा फराकिलो पारिदिएको मात्रै छैन, असीमित सम्भावनाहरूको ढोकासमेत ढक्ढकाइदिएको छ । जस्तो ः मकवानपुरका अशोकसिंह ठकुरीले बाख्रा मात्रै पालिने समाजमा बसेर नयाँ ढंगमा बाख्राको चिज उत्पादन गरेपछि यसले बजार सिर्जना गर्नुका साथै धेरै किसानहरूलाई समेत उत्साहित बनाएको छ ।

नयाँ केही गरौँ भन्ने भावनाबाट अभिप्रेरित यस्ता कृषकहरूकै कारण विदेशबाट आयात गरिने फलफूल, तरकारी र भिन्न प्रकारका वालीहरू हाम्रै भूमिमा उत्पादन हुन थालेका छन् । काभ्रे, तिमालका सूर्यनाथ पाण्डे तिनैमध्येका एक कृषक हुन्, जसले नेपालीका लागि अत्यन्तै नौलो फल किवी उत्पादन गरेर सबैलाई लोभ्याए । थोरै भए पनि उनको उत्पादनले नेपाली उपभोक्तालाई आफ्नै माटोको उत्पादन र स्वाद दिएको छ ।

यस्ता किसानहरू अरू पनि छन् । कतिपयले विदेशमा काम गर्दाको ज्ञान र अनुभवलाई आधार बनाएर यस्तो नौलो बाटो तय गरेका छन् । कृषिवृत्तमा जसले जसरी फरक गरेका छन्, ती प्रशंसाका पात्र पनि बनेका छन् । यस्तै साहसी कृषकहरूलाई खोजेका छन् जनकराज सापकोटाले ।





जागिर छोडेर बाँस खेती

व्यास, तनहुँका कृष्णबहादुर गुरुङ, ७३, बुढ्यौलीले छोपिसक्दा पनि उस्तै सक्रिय छन्। तीन दशकभन्दा लामो कृषिकर्मबाट न उनी थाकेका छन्, न उनको जोसमा कमी नै आएको छ। मानो रोपेर मुरी फलाउने पुरानो मान्यतामा उनी विश्वास गर्दैनन्। उनले एक सय रोपनी क्षेत्रफलमा दर्जन प्रजातिका विदेशी बाँस लगाएका छन्। उनको बाँस नर्सरीमा अहिले १० हजारभन्दा बढी बाँसका बिरुवा छन्। बाँस बेचेर उनी वाषिर्क एक लाख रुपियाँ कमाउँछन् भने बाँसको नर्सरीबाट मात्रै वाषिर्क छ लाख रुपियाँ आम्दानी हुन्छ। उनको बाँस बगैँचामा अहिले कालो तामा, निगाले, चोया, लाहुरे, धनु, तारुका, लट्ठी चिल्लो, ढुंग्रे, पहेँलो, फाइलो, स्ट्राकिस, नायग्रा, काँडे र बुद्ध प्रजातिका बाँस छन्।

नेपालमा बाँसका बिरुवा नै नपाइने समयमा उनी उत्साहका साथ भारतको असम र कलकत्ता पुगे। ०३९ सालमा भारतबाट ल्याइएका दुई सय बिरुवाबाट सुरु भएको बाँस व्यवसायका कारण दमौलीस्थित तत्कालीन कृषि सामग्री संस्थानबाट प्राविधिकको जागिर छोडे पनि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। छँदाखाँदाको जागिर छोडेर बाँस खेतीमा लाग्दा खिसिट्युरी गर्नेहरू आज उनको ख्याति र प्रगति देखेर जिल्ल परेका छन्। बाँस खेतीका नमुना कृषकको पहिचान बनाएकै कारण उनले चीनमा दुईमहिने तालिम लिने अवसर पाए। त्यसयता उनी बाँस खेतीमा झनै हौसिएर लागिपरेका छन्। भन्छन्, "तालिमले बाँस खेतीलाई झनै सजिलो बनाउँदो रहेछ।"

बाँससँगै उनले सात वर्षयता श्रीखण्ड, रक्तचन्दन, अघोरी, सतिसाल, विजयसाल, तेजपात, एभोगाडो, मलेसियन साल, अपि|mकी साल र बर्मेली टिकजस्ता अनेकन प्रजातिका वनस्पति हुर्काएका छन्। ६० रोपनी क्षेत्रफलमा फैलिएको उनको यो बगैँचा पनि हेर्नलायक छ। पर्वत, लमजुङ र तनहुँमा गरी करबि एक सय रोपनी जमिनमा जटामसी, पाँचऔँले, नीरमसी, जेठीमधुजस्ता ७५ प्रजातिका दुर्लभ जडीबुटीको खेती पनि सँगसँगै गर्दै आएका छन् उनले।

आफ्नो व्यवसायलाई नमुनाका रूपमा स्थापित गर्न सकेकै कारण गुरुङकहाँ पूर्वदेखि पश्चिमसम्मका किसानको लर्को हुन्छ। भन्छन्, "नयाँ ढंगले काम गरेपछि समाजलाई पनि पाठ हुँदो रहेछ।"

- पूर्ण विके/दमौली



४० करोडको पक्षीपालन

भैरहवा हँुदै पश्चिम बढेको महेन्द्र राजमार्गमै पर्छ, कोटीहवा। जहाँबाट तीन किलोमिटर उत्तर लागेपछि आइपुग्छ, गंगोलिया गाउँ। झुपडी बाहुल्य यो गाउँको परचिय केही वर्षयता फेरँिदो छ। परविर्तनको गति यही गाउँमा सीमित छैन। वरपरका मेघौलिया, मानमटेरी, छपिया, टिकुलीगढका बासिन्दाको पनि पेसा बदलिएको छ। उनीहरूका खेतबारीमा अचेल मकै, गहुँ र तोरीजस्ता रैथाने बाली देख्न पाइँदैन। उनीहरू लुसन प्रजातिको अस्ट्रेलियन घाँस लगाउँछन् र प्रतिकिलो तीन रुपियाँका दरले बेच्छन्। यस क्षेत्रको करबि चार सय बिघा खेतमा लुसन घाँसको व्यावसायिक खेती चम्केको छ।

यी सबै परविर्तनका पछाडि एउटै व्यक्तिको रचनात्मक प्रयासले भूमिका खेलेको छ। ती व्यक्ति हुन्, सीपी शर्मा, ४१। नेपाली विद्यार्थीले सामान्य ज्ञानमा ठूलो पक्षीका रूपमा नाम घोक्ने अस्टि्रचलाई शर्माले नेपालीमाझ परििचत मात्रै गराएनन्, पहिलोपल्ट व्यावसायिक अस्टि्रच पालन पनि गरेर देखाइदिए। २० बिघा जमिनमा एक हजार अस्टि्रच पालेका छन् उनले। यसको अन्डा मात्रै डेढदेखि साढे दुई किलोको हुन्छ। उनको उत्पादन बजारमा पुग्न थालिसकेको छ। पछिल्लो एक वर्षमा मात्रै उनले अस्टि्रचका १ हजार ४ सय अन्डा र १५ टन मासु बेचिसकेका छन्। केही समयमै उनले राजधानीका १५ ठाउँमा मासु बिक्री केन्द्र खोल्दै छन्। न्युुरोडमा उनले अस्टि्रचको मासु काँचो र पकाएर बेच्ने स्टल पनि चलाउनेछन्। "मासु, हाड, प्वाँख, बोसो सबै बेच्न सकिन्छ," शर्मा भन्छन्।

रसियाबाट व्यवस्थापनमा स्नातकोत्तर सकेर स्वदेश र्फकंदा शर्माले केही नयाँ काम गर्ने हुटहुटी पनि सँगै बोकेर ल्याएका थिए। त्यसलाई पूरा गर्न उनले ०५५ मा कपिलवस्तुको गोरुसिङ्गेमा २२ बिघा जग्गामा उन्नत जातका बाख्रा र सर्प पाल्न खोजे। माओवादी द्वन्द्वको प्रभावले त्यो योजना थाती रह्यो। कालो गोमन सर्प पाल्ने र त्यसको विष औषधीजन्य कम्पनीहरूलाई बेच्ने उनको सपना पूरा नभएपछि रसियन ट्रयाक्टर बिक्रीमा लागे। स्नातकोत्तरको पढाइकै बेला युक्रेन पुगेका उनले अस्टि्रच फार्म देखेका थिए। प|mान्सको राजधानी पेरसि घुम्दा होटलमा अस्टि्रचको मासुको स्वाद लिएपछि उनी अस्टि्रच पाल्ने निश्चयमा पुगे । त्यसपछिका धेरै वर्ष उनी यहीबारे जान्न र बुझ्न लागिपरे। उनले अपि|mका, अमेरकिा र पोर्चुगल र अस्ट्रेलियाबाट १ हजार ५ सय अन्डा संकलन गरे। अन्डाबाट चल्ला कोरल्नकै लागि भारतबाट २२ लाख रुपियाँ खर्चेर मेसिन झिकाए।

सुरुमा १ हजार ५ सय अन्डामध्ये ८ सय ८६ बाट मात्रै चल्ला निस्किए। ती पनि भकाभक मर्न थालेपछि भने उनी केही आत्तिए। सरकारलाई गुहारे, सुनुवाइ भएन। तर, उनले हार खाएनन्। अस्टि्रचकै विषयमा जान्न र सिक्न रामपुर कृषि क्याम्पसका प्राध्यापक रेवन्त भट्टराईलाई उनले आफ्नै खर्चमा अस्ट्रेलिया पठाए। भट्टराई तालिम सकेर फकर्ंदा उनको फार्ममा दुई सय चल्ला बाँकी थिए। फेर िअस्ट्रेलियाबाट आठ सय चल्ला झिकाए, जसलाई नेपाल ल्याइपुर्‍याउँदा प्रतिचल्ला २८ हजार रुपियाँ परेको थियो। शर्माले साउदी अरबका अस्टि्रच फार्ममा वषार्ंैसम्म काम गरेका अनुभवी नेपालीलाई त्यहाँको बराबर तलब दिने गरी आफूकहाँ काम गर्न झिकाएका छन्।

उनको फार्ममा दैनिक ३ हजार ६ सय किलो घाँस खपत हुन्छ। गहँु, मकै र विभिन्न भिटामिन मिसाइएको ६ टन दाना पनि एक दिनमा सकिन्छ। सबै जोड्दा दैनिक ३ लाख रुपियाँ खर्च हुन्छ। अहिलेसम्म ४० करोड लगानी भइसकेको छ। "तर, मैले नाफा र घाटाको विषयमा अहिलेसम्म सोच्न भ्याएको छैन," उनको भनाइ छ। घाँसको अभाव हुन नदिन उनले गंगोलिया र वरपरका बासिन्दालाई अस्ट्रेलियन प्रजातिको लुसन घाँसको बीउ लगाउन दिए र घाँस आफैँ किनिदिने वाचा गरे। उनी आफैँले पनि ५० बिघा जग्गामा घाँस लगाएका छन्। "आगामी चार वर्षपछि एक लाख अस्टि्रचका चल्ला बजारमा पठाउने योजना छ," शर्मा भन्छन्, "वाषिर्क १९ अर्ब रुपियाँ बराबरको मासुको खपत हुने देशमा विदेशी मासुको आयातलाई बन्द गर्न सकिन्छ।"





लामै योजनामा लामा

१२ वर्षअघि उनलाई अल्सर भयो। महिनौँ थलिए। अल्सरकै कारण खाएको केही नपच्ने समस्याले उनलाई उच्च रक्तचापले सतायो। त्यसमाथि थपिए, नसा दुख्ने र जोर्नी सुन्निने समस्या। रासायनिक मल र विषादी प्रयोग गरएिका तरकारी, फलफूललगायत खानेकुरा खान नहुने भएपछि साँगा-७, काभ्रेका प्रेम लामा, ६१, ले आफ्नै पुख्र्यौली बारीमा अग्र्यानिक तरकारी उब्जाउन थाले। आफ्नै बारीको तरकारी सेवनले उनी दुई वर्षमै चंगा भए। त्यसपछि उनको मनमा प्रश्न उब्जियो, "आफ्नै लागि मात्र किन ?" अनि, व्यावसायिक रूपमै अग्र्यानिक तरकारी उब्जाउनतिर लागे।

दरबार हाइस्कुलमा पढ्दा लामा अरू साथीले जस्तै डाक्टर वा पाइलट बन्ने सपना देख्थे। बाबुको किसानी पेसा उनलाई कहिल्यै ठूलो लागेन। किसानीलाई उनी दुःखीको पेसा ठान्थे। स्नातक गरेपछि उनले विद्यालयमा चक घोटे, छापाखाना चलाए। तर, जीवनमा आइपरेको त्यही एउटा घटनाले उनी किसानीतिरै मोडिए। २० रोपनी जग्गामा काउली र सिमी खेतीबाट सुरु भएको उनको तरकारी व्यवसाय दशक लामो यात्रामा २५ गुनाले बढेको छ। पाँच सय रोपनीमा फैलिएको बारीमा तरकारीका अनेक जात थपिएका छन्। भन्छन्, "म परम्परागत र रैथाने जातका तरकारीमा मात्रै विश्वास गर्दिनँ। विदेशी तरकारी पनि नेपाली बजारमा पठाउन चाहन्छु।"

जापानी जातका काउली र गोलभेँडा, अस्ट्रेलियन मेवा, न्युजिल्यान्डका विभिन्न जातका तरकारी, प|mेन्च तरकारी आर्टिचोक, स्यालरी र पार्सली, जर्मन जातको पहेँलो खरबुजा पनि उनले फलाएका छन्। उनी विदेशमा रहेका मित्रहरूबाट अरू उपहार र कोसेलीको अपेक्षा गर्दैनन् तर विभिन्न जातका बीउबिजन भने मगाइछाड्छन्। अरूले उत्पादन गरेभन्दा भिन्न स्वादका तरकारी खोज्नु लामाको रुचिजस्तै भइसक्यो। जस्तो ः हरयिो रंगको कुरलिो मात्रै उत्पादन भइरहेका बेला उनले न्युजिल्यान्डबाट मगाएर बैजनी रंगको कुरलिो उब्जाउन थालेका छन्।

उनले फलाइरहेको आर्टिचोक युरोप र अमेरकिाभर िप्रसिद्ध मानिन्छ। मधुमेहका बिरामीका लागि उत्तम मानिने यो तरकारी युरोपेली बजारसम्म पुर्‍याउने लक्ष्य छ उनको। अमेरकिाबाट बीउ मगाएर थालिएको साग स्विसचाड र थाइल्यान्डमा लोकपि्रय मानिएको फल मेलोन पनि उनले फलाएका छन्। हरयिो रंगको मात्रै क्याप्सिकम देखेका नेपालीलाई उनले सुन्तला रंगको थाई क्याप्सिकम पनि चखाइरहेका छन्। सलादका रूपमा खाइने र नेपाली बजारमा प्रतिकिलो दुई सय रुपियाँमा बिक्री भइरहेको युरोपियन साग फिनेल पनि उनको बारीमा छ। काभ्रेको साँगामा दुई सय रोपनी र सिन्धुपाल्चोकको मेलम्चीमा सय रोपनीमा तरकारी खेती गर्दै आएका लामाले गोरखामा पाँच सय रोपनी जग्गामा उन्नत जातको मेवा खेती गर्ने तयारी गरेका छन्।

लामाले आफ्नो फार्ममा सिताके च्याउदेखि पेरुको लोकपि्रय फल याकुन अर्थात् भुइँस्याउ पनि फलाएका छन्। याकुन युरकि एसिडका बिरामीका लागि लाभदायी मानिन्छ। त्यस्तै प|mेन्च फल नेसलटमदेखि गोजीबेरी र अक्करकराजस्ता जडीबुटी पनि उनले लगाएका छन्। गोजीबेरी विश्वकै महँगो फलमा पर्छ, जसलाई तिब्बतीहरूले खुब रुचाउँछन्। यसको बजार मूल्य प्रतिकिलो छ हजार रुपियाँसम्म पर्ने लामाको भनाइ छ। उनका अनुसार नेपालकै तिब्बती समुदायमा विदेशबाट गोजीबेरी मगाएर खाने चलन छ। ३० हजार गोजीबेरीको बिरुवा लगाएका लामाले यस चिनियाँ फललाई अमेरकिा र रसियाको बजारसम्म पुर्‍याउने योजना बुनेका छन्।

अस्ट्रेलियादेखि कोरयिा र न्युजिल्यान्डसम्मका फर्सी उनको बारीमा फलिरहेका छन्। विभिन्न आकार र रंगका फर्सी फलिरहेको उनको बारी नै हेर्नलायक छ। तेल निकाल्न प्रयोग हुने न्युजिल्यान्डको फर्सीसमेत उनले फलाइसकेका छन्।

लामाले फलाएका अधिकांश तरकारी राजधानीस्थित विदेशी दूतावास, अन्तर्राष्ट्रिय नियोग र गैरसरकारी संस्थाका अधिकारीका भान्सामा पुग्छन्। उनका आफ्नै नियमित ग्राहक छन्। इमेलबाट 'अर्डर' लिन्छन् र घरमै तरकारी पुर्‍याइदिन्छन्। दुई वर्षयता उनी आफ्नो उत्पादन सिंगापुर पनि निर्यात गररिहेका छन्।

उनी मधुमेहका रोगीका लागि उत्तम हुने स्टेभिया पनि उत्पादन गररिहेका छन्। भारतबाट बिरुवा मगाएर रोपिएको स्टेभियाका अहिले एक लाख बिरुवा पुगेका छन्, जसको दुई हजार किलोको अर्डर उनले रसियास्थित चिया कम्पनीबाट पाइसकेका छन्। भन्छन्, "अर्को वर्ष रसियाको बजारमा मेरो उत्पादन पुग्छ।"

लामा दिनभर आफैँ बारीमा खटिन्छन्, माटोको सुगन्ध लिन्छन्, पसिना पुस्छन् र विविध जातका तरकारीमा आँखा नचाउँछन्। भन्छन्, "यस्तो तरकारी र फलफूल खान सकियो भने बिरामी हुनुपर्दैन र औषधीको पछाडि दौडिनुपर्दैन।"





निवृत्तिपछिको जोस

जिन्दगीका उर्वर ३४ वसन्त सरकारी जागिरेका रूपमा कृषि अनुसन्धान परष्िाद् -नार्क)मा बिताएका सूर्यनाथ पाण्डे, ६५, को निवृत्त जीवन आफ्नै खेतबारीमा बित्दै छ। सात वर्षयता उनी थोरै नेपालीले मात्रै नाम सुनेको र सहरको सानो अभिजात वर्गले मात्रै स्वाद चाखेको एउटा स्वादिलो फल किवीको व्यावसायिक खेतीमा होमिएका छन्। पाण्डे किवीको उत्पादन, बिक्री र नाफा-नोक्सानको हिसाबमा मात्रै भुलेका छैनन्। त्यसमा अनेकन प्रयोग र व्यावसायिक विस्तारको सम्भावना खोतल्नु उनको मूल ध्येय हो। वषार्ंैदेखि नेपाली बजारमा विदेशबाट भित्रिने किवीको आयातलाई रोक्नु उनको अर्को उद्देश्य हो। र, यसको उपयोगी गुणबारे जानकारी बाँड्ने धुनलेे समेत पाण्डेलाई हरेक दिन व्यस्त तुल्याएको छ।

करबि एक शताब्दीअघि न्युजिल्यान्डबाट सुरु भएको किवी खेतीको नयाँ शंृखला निर्माणमा उनी खटिएका छन्। काभ्रेको नमोबुद्धनजिकै १८ रोपनीमा फैलिएको अग्र्यानिक किवी फार्मभित्र उनले सानो घर र गोठ बनाएका छन्। त्यही गोठमा तीन गाई छन्। गाईको गोबरमा गँड्यौला हुर्काउँछन्। तिनै गँड्यौलाको मलबाट घाँस उमारेर गाईलाई खवाउँछन्। त्यही मल किवीको बिरुवामा प्रयोग गर्छन्। सिँचाइका पनि अनेक प्रयोग त्यहीँ देख्न पाइन्छ, थोपा सिँचाइ, घैँटो सिँचाइ आदि। थोपा सिँचाइमा हरेक बिरुवा वरपिर िपाइप बिछ्याएर थोपाथोपा पानी चुहिरहने व्यवस्था गरेका छन् भने घैँटो सिँचाइमा बोट वरपिर िपानीसहितको घैँटो गाडेर जमिन ओसिलो राख्ने व्यवस्था गरेका छन्। "जुन प्रयोग बढी प्रभावकारी देखिन्छ, त्यसबारे अरूलाई पनि सिकाउँछु," माटो विज्ञानमा विद्यावारििध पाण्डे भन्छन्।

आफ्नो किवी फार्ममा पाण्डेले एकाध 'प्यासन प|mुट'समेत लगाएका छन्। नेपालीमा लहरे आँप भनिने यो फल युरोपमा जुसका लागि प्रसिद्ध छ। पाण्डेका अनुसार राणा प्रधानमन्त्रीहरूले पनि दरबारका बगैँचा प्यासन प|mुटले सजाउँथे। अहिले उनी यसलाई जनताको आयसँग जोड्न खोजिरहेका छन्। रोपेको तीन वर्षपछि फल दिन सुरु गर्ने किवी नेपालको मध्यपहाडी भू-बनोटमा राम्रो फल्न सक्ने पाण्डेको बुझाइ छ। भन्छन्, "नेपाली र भारतीय बजारको माग मात्रै पूरा गर्न सकिने गरी किवी फलाउन सकियो भने पनि राष्ट्रिय अर्थतन्त्रकै जग बलियो बन्न सक्छ।" विश्वकै सबैभन्दा धेरै किवी उत्पादन गर्ने न्युजिल्यान्डमा वाषिर्क २ अर्ब अमेरकिी डलरको किवीको व्यापार हुन्छ। मुटु, क्यान्सर र दम रोगको प्रतिरोधक र मधुमेहका रोगीका लागि समेत किवी उत्तम मानिन्छ। स्याउमा भन्दा १२ गुणा बढी भिटामिन हुने किवीलाई फलहरूको राजा भनिन्छ।

पछिल्ला वर्षहरूमा आफ्नो कृषिकर्मलाई परष्िकृत गर्न चाहने धेरै किसानको अध्ययन भ्रमणका लागि चल्तीको गन्तव्य बनेको छ, पाण्डेको फार्म। इलाम, रसुवा, दोलखा, रोल्पालगायत जिल्लाका किसान बारम्बार उनीकहाँ धाएका छन्। र्फकंदा दुई-चार किवीका बिरुवा लिएर गएका छन्। पाण्डेकै नर्सरीबाट अहिलेसम्म २ हजार ५ सयभन्दा बढी बिरुवा देशका विभिन्न भागमा पुगेका छन्।

किवी खेतीमा होमिएको अवधिलाई पाण्डे आफ्नो जीवनकै सबैभन्दा उत्तम समय ठान्छन्। कुनै समय थियो, पाण्डे सरकारी अड्डाका नियमित कर्मचारीका रूपमा १०-५ को जागिर खान्थे र मासिक तलबको भरमा गुजारा चलाउँथे। तर, अहिले त्यस्तो छैन। पछिल्ला दुई वर्षमा मात्रै ११ लाख आम्दानी गरेका पाण्डेले गत वर्ष मात्रै तीन हजार किलो किवी बेचे। आगामी दस वर्षभित्र वाषिर्क २० लाख आम्दानी गर्ने योजनामा छन् उनी।

उनको प्रयोग किवी खेतीको विधि र प्रविधिमा मात्रै सीमित छैन, किवीबाट बन्न सक्ने नयाँ-नयाँ उत्पादनको खोजीसमेत गर्दै छन्। अहिले उनी किवीबाटै वाइन बनाउने प्रयासमा छन्। ६ सयदेखि ७ सय रुपियाँ प्रतिकिलोका दरले काठमाडौँका सुपरमार्केटमा किवीको फल बिक्री भइरहेको छ। विदेशी उत्पादन विस्थापनलाई पहिलो लक्ष्य बनाएका पाण्डे जहाँ जहाँ विदेशी किवीको कारोबार भइरहेका छन्, त्यहीँ आफ्नो उत्पादन पठाउँछन्। भन्छन्, "बिस्तारै नेपाली बजारलाई आत्मनिर्भर बनाउनु जरुरी छ ।"





खाडीमा खोजिएको विकल्प

काठमाडौँको उत्तरपश्चिम भेगमा रहेको जितपुर फेदीको फाँटमा मध्य असारदेखि र साउन पहिलो सातासम्म पनि रोपाइँको चटारो थिएन। सेता प्लास्टिकका लामालामा घरहरूले खेत भरएिको थियो। तिनै प्लास्टिकका घर अर्थात् गि्रन हाउसमा भेटिन्छन्, खोजराज कटुवाल। आफ्नो नामजस्तै जीवनमा सुख र समृद्धिको खोजीमा खोजराजले साउदी अरबदेखि इजरायलसम्मको मजदुरी गरे। विदेशमै ११ वर्ष बिताए। तर, मनग्गे पैसा कमाउने सुनौलो सपनाको दौडले थकानबाहेक केही दिएन। र, आफ्नै देशमा केही गर्ने अठोट बोकेर फर्के। उनीसँगै विदेशबाट फर्केका चार र स्वदेशमै भेटिएका छ जना मिलेर गोलभेँडा खेतीमा होमिए।

इजरायलको एक कृषि फार्ममा पसिना बगाउँदा पैसा धेरै नकमाए पनि तरकारी खेतीका अनेकन तरकिा भने सिके। रातदिनको मिहिनेत र वैज्ञानिक ढंगले गरएिको तरकारी खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ भन्ने निष्कर्षमा पुग्न उनलाई धेरै समय लागेन। इजरायलमा बगाएजति पसिना स्वदेशमै बगाउने हो भने यसभन्दा धेरै कमाउन सकिन्छ भन्दै उनी फर्किए। त्यो कुरा उनले व्यवहारबाटै प्रमाणित गरसिकेका छन्।

इजरायलमै आफ्ना नेपाली सहकर्मीहरूलाई संगठित तुल्याएर कृषि कर्मको योजना बनाएका थिए, कटुवालले। उनलाई साथ दिनेहरू थिए, सर्लाहीका राजु मैनाली, काभ्रेका रतीराम गौतम, बाग्लुङका ठाकुर केसी, भैरहवाका सुनीलनाथ योगी र धरानका सरतिा थापा। काठमाडौँमा खाली जग्गा नभेटेर हैरान भएका कटुवालले संयोगले इजरायली कृषि प्रणालीबाट लोभिएका मदनकृष्ण श्रेष्ठलाई भेटे। र, कलाकार श्रेष्ठको जितपुरफेदीस्थित पुख्र्यौली जग्गामा खेती गर्ने चाँजो मिल्यो। मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्यसँग कटुवालको भेट नेपाल-इजरायल दौत्य सम्बन्ध स्थापना दिवसका अवसरमा गरएिको कार्यक्रम व्यवस्थापनका क्रममा भएको थियो। त्यही भेटले कटुवालको सपनालाई साकार बनाउने आधार तय गर्‍यो।

कटुवालले कृषि फार्मको नामै राखे, मह कृषि फार्म। इजरायली प्रविधिबाट खेती थालेको यस समूहले २० रोपनी जग्गामा नेपाली जातको सिर्जना र थाई जातको थेम्स नामक गोलभेँडाका बिरुवा लगाएका छन्। गि्रन हाउसभित्र थोपा सिँचाइको व्यवस्था छ। भन्छन्, "प्लास्टिक घरभित्र थोपा सिँचाइबाट लहरोमा गोलभेँडा फलाउने प्रविधि नै इजरायली प्रविधि हो। यही प्रविधिबाट अहिले एक बोटबाट वर्षमा १८ देखि २० किलोसम्म उत्पादन हुन्छ।"

पहिलो वर्षमै १९ लाख रुपियाँको गोलभेँडा बेचेका उनीहरू यस वर्ष झनै हौसिएका छन्। "२५ देखि ३० लाख रुपियाँसम्मको गोलभेँडा बेचिन्छ होला," यस वर्षको लक्ष्य सुनाउँछन् उनी। दलालहरूको मनमौजीमा चलेको बजार देखेर भने उनीहरू आत्तिएका छन्। किसानले भन्दा दुई गुणा बढी फाइदा लिने दलालहरूको चंगुलबाट बच्न उनीहरूले यसै वर्षदेखि आफ्नो उत्पादन आफैँले बेच्ने व्यवस्था मिलाउन खोजिरहेका छन्। अर्को वर्षदेखि आफ्नो उत्पादनलाई भारतीय बजारसम्म पुर्‍याउने योजनामा छन्। व्यापारकि घराना ज्योति समूहसँगको साझेदारीमा बाराको परवानीपुरमा १ यस ३० रोपनी जग्गामा थप खेती पनि सुरु गरेका छन्।

नेपाली बजारमा नदेखिएका नयाँनयाँ जातका तरकारी उत्पादन गर्नेतर्फ पनि यो समूह लम्किन खोज्दै छ। भर्खरै इजरायलबाट बजिल नामको साग भित्र्याएको समूहले चियाका रूपमा प्रयोग गर्न सकिने र अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो माग रहेको बाँबरीफूलको खेती गर्ने सोच पनि बनाएको छ। कटुवाल भन्छन्, "नेपाली बजारमा भित्रिने फलफूल र तरकारी मात्रै रोक्न सकियो भने पनि मुलुकलाई धेरै फाइदा पुग्छ।"





स्ट्रबेरी गाउँका अगुवा

दलालको पछि लागेर भारतको हिमाचल प्रदेश पुगे, जतिखेर उनको उमेर १५ वर्षको थियो। कामको खोजीमा भारत छिरेका उनले १० वर्ष अनेक हन्डर र ठक्कर खेपे। भारी बोके, कुल्ली बने। हिमाचलकै सञ्जय जलविद्युत् निर्माण गृहमा वर्षौं हाड घोटे। दैनिक भारतीय पाँच रुपियाँमा श्रम बेचेर १० वर्षपछि घर र्फकंदा उनको हातमा २ सय ८७ भारु थियो। फर्किएपछि पनि उनको अवस्था धेरै समय संकटग्रस्त रह्यो। दिनभर खेतमा पसिना बगाउने र बेलुकी भट्टी पसेर गोजी रत्ियाउने गाउँलेका बीचमा उनी अपवाद थिएनन्।

तर, तिनै ओखरपौवा-६, नुवाकोटका कान्छामान तामाङ, ५०, को आर्थिक र दैनिक व्यवहारमा अहिले धेरै हिसाबले बदलाव आएको छ। उनकै कारण घरपरविार मात्र होइन, समुदाय नै बदलिएको छ। उनी गाउँका अगुवा किसान बनेका छन्। करबि छ रोपनी जग्गामा उनले स्ट्रबेरी खेती गरेका छन्। उनको बारीमा स्ट्रबेरीका सात हजार बिरुवा छन्। यस वर्ष मात्रै २० हजार किलो स्ट्रबेरी बेच्ने तयारीमा छन्। भुइँकाफलसँग मिल्दोजुल्दो यो जापानी फलको बजार मूल्य प्रतिकिलो १ सय १५ रुपियाँ छ। यस हिसाबले एक सिजनमा उनी २३ लाख रुपियाँ बराबरको स्ट्रबेरी बेच्छन्। एक दशक पहिले मात्र २५ बोट स्ट्रबेरीका लागि उनले ३० रुपियाँ खर्चंदा गाउँभर िहल्ला भएको थियो। तर, उनी हल्लाको पछि लागेनन् । अर्को वर्ष उनले १ सय ४० बिरुवा रोपे र एकैचोटि ९३ हजार रुपियाँ हात पारे। भन्छन्, "मैले सबैभन्दा धेरै पैसा देखेको त्यतिबेलै थियो।"

जिल्ला लघु उद्यमी संघका अध्यक्षसमेत रहेका उनी अहिले स्ट्रबेरीमै सीमित छैनन्। दुई हजार बोट हल्यान्डको डच रोज फूल पनि लगाएका छन्। गत वर्ष मात्रै उनले फूल खेतीबाट ७५ हजार रुपियाँ कमाएका थिए। याकुन अर्थात् भुइँस्याउ पनि लगाएका उनीयसै वर्षदेखि कट फ्लावर लगाउने विचारमा छन्।

उनले पाखोबारीमा लगाएको स्ट्रबेरीबाट मनग्गे पैसा कमाउन थालेपछि जोसिएका अरू गाउँलेले पनि त्यही बाटो पछ्याए। अहिले सिंगो गाउँको प्रमुख आयस्रोत स्ट्रबेरी बनेको छ। जापानी संस्था जाईटी, संयुक्त राष्ट्रसंघीय विकास नियोग र सरकारी परयिोजनाहरूले सहयोग पुर्‍याएपछि  ओखरपौवावासीको स्ट्रबेरी-आय झनै उकालो लाग्यो।

२० वर्षअघिसम्म आफ्नो गाउँबाहिरको दुनियाँसँग मतलब नराख्ने तामाङ अहिले किसानका तालिम, गोष्ठी र सभासम्म पुगेर आफ्नो र आफ्नो गाउँको सफलताको कथा सुनाउन उत्तिकै व्यस्त रहन्छन्। उनकै नेतृत्वको नवबिहानी कृषक बहुउद्देश्यीय सहकारीले स्ट्रबेरीबाट जाम बनाउने तयारी थालेको छ। "जाम बनाउने मेसिनहरू जडान गरसिक्यौँ," आफ्नो योजना सुनाउँछन् उनी, "चाँडै नै जाम उत्पादन गरेर बजारमा पठाउँछौँ।"





कर्मशील केशव 

कुनै रक गीतका स्टारजस्ता देखिने लामो कपाल पालेका केशव पाठक, ४१, गीतमा होइन, आफ्नो खेत र बालीमा 'रििमक्स' गर्दै छन्। नेपाली माटोमा आधुनिक प्रविधि र विदेशतिर लोकपि्रय बनेका बालीको मिश्रणमा लागेका छन् उनी। गएका १५ वर्षदेखि नेपालीले नामै नसुनेका र नेपाली माटोमा नउब्जिएका फसलहरूको व्यावसायिक उत्पादनमा लागिरहेका छन्।

काठमाडौँमा कुरलिोको बजार देखेर सुरुमा त्यसकै खेतीमा लागे उनी। ०५६ मा उनीसहित चार तन्नेरी मिलेर सुरु गरएिको कुरलिो खेती मुलुकका २२ जिल्लामा करबि एक हजार रोपनी जग्गामा फैलियो। त्यो पनि एउटा मौलिक अभ्यास नै थियो। तर, त्यसबाट सोचजति सफलता मिलेन। त्यसपछि उनको ध्यान अन्यत्रै मोडियो। चार वर्षपछि आफ्नै गाउँका केही तन्नेरीलाई साथै लिएर संस्थागत अभ्यास थाले। कमर्सियल फार्मिङ् रसिर्च एन्ड डेभलपमेन्ट नामक व्यावसायिक संस्था स्थापना गरेर उनले अल्मोन्ड, ओखर, मधेसी बदाम, ह्वाइट मुस्ली, केसरलगायतका बाली उत्पादन थालेका छन्।

यी नौला बालीको खोजी गर्न उनी आफ्ना सहकर्मीहरूसँग देशविदेश धाए। भारतको केरला, कर्नाटक, हिमाचल र कश्मीरसम्म पुगेर थुप्रै फार्महरूको अध्ययन गरे। ०६२ मा उनले अमेरकिाको क्यालिफोर्निया र इजरायलबाट अल्मोन्डको बिरुवा मगाए। पहाडी भूगोलको आधिक्य भएको मुलुकमा केके खेती हुन सक्छन् भनेर वषार्ंैसम्म डुलेपछि उनी यस्ता नौला बालीप्रति आकषिर्त भएका हुन्। प्रयोगात्मक चरणमा उनले जुम्ला, नुवाकोट, सिन्धुली र काभ्रेमा अल्मोन्ड खेती गरे। ०६३ मा उनले मलेसियाबाट मगाएर स्टेभिया उत्पादनको प्रयास गरे। त्यसमा सफल हुन नसकेपछि उनी अन्यत्रै मोडिए। पाठक आफ्नो अनुभवको निचोड सुनाउँछन्, "नयाँ खेती गर्नु सम्भावना र चुनौती दुवैलाई स्वीकार्नु हो।"

१४ लाख लगानीम्ाा सुरु गरएिको परयिोजनामा अहिले करबि ५० लाख लागत परसिक्यो। उनको समूहले अहिले मुलुकका विभिन्न ठाउँमा जग्गा भाडामा लिएर एकल र स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न बाली लगाइरहेको छ। कालीकोटको राचुलीमा २२ रोपनी र सिन्धुलीको सिन्धुलीगढीमा ९ रोपनी जग्गामा अल्मोन्ड खेती सुरु भएको छ। पर्साको ठोरीमा दुई बिघा जग्गामा अश्वगन्धा र ह्वाइट मुस्ली उत्पादन भइरहेको छ। काभ्रेको कुशादेवीमा अल्मोन्ड, ओखर र स्याप|mोनको खेती चल्दै छ। अन्य २८ जिल्लामा स्थानीयको साझेदारीमा अल्मोन्ड र ह्वाइट मुस्लीको खेती भइरहेको छ। त्यसमध्ये १६ पहाडी जिल्लाका करबि ३ सय रोपनी अल्मोन्ड खेतीले ओगटेको छ। जाजरकोट, सुर्खेत र कालीकोटमा ११ हजार ओखरका बोट हुर्कंदै छन्। अन्तर्राष्ट्रिय बजारमा किलोको पाँच लाख रुपियाँसम्ममा बिक्री हुने केसर जुम्ला, नुवाकोट, दोलखा र सिन्धुपाल्चोकमा उत्पादन हुँदै छ। "अहिले नेपाली बजारमा वाषिर्क १० किलोसम्म केसर भारत र इरानबाट आयात हुन्छ," पाठक भन्छन्, "नेपाली बजारको माग मात्रै पूरा गर्न सके पनि ठूलो कुरा हुनेछ। मिठाई र सौन्दर्य प्रसाधनमा प्रयोग गरनिे केसरको माग अन्तर्राष्ट्रिय बजारमा समेत उच्च छ।"

उनले उब्जाउन खोजेको ह्वाइट मुस्लीको जराको बजार मूल्य प्रतिकिलो २ हजार ५ सय रुपियाँसम्म छ। विश्वमै यौनवर्द्धक औषधीका रूपमा प्रसिद्ध यो बुटी मुलुकका ३२ आयुर्वेदिक औषधालय र बहुराष्ट्रिय कम्पनी डाबर नेपालले समेत वाषिर्क दुई हजार किलो खपत गर्छन्, जसको अधिकांश हिस्सा भारतबाट आयात हुन्छ। वाषिर्क २० करोड रुपियाँ बराबरको मधेसी बदाम र ५० लाख बराबरको ओखर विदेशबाट आयात हुन्छ। भन्छन्, "आयात हुने महँगा कृषि फसल उत्पादन गर्न सकियो भने किसानको जीवनस्तर मात्रै उकासिँदैन, समग्र अर्थतन्त्रलाई नै राहत दिनेछ।" गत वर्ष मात्रै ६ लाख रुपियाँको अल्मोन्ड बेचेका उनी यो वर्ष चार जिल्लाबाट १८ लाखको अल्मोन्ड बेच्ने योजनामा छन्। त्यस्तै, दुई हजार किलोसम्म ह्वाइट मुस्ली उत्पादन हुने अनुमान छ, जसको बजार मूल्य कम्तीमा ३७ लाख रुपियाँ छ।

पाठक आफूले उत्पादन थालेका बाली र वनस्पतिको बीउ, उत्पादन विधि र प्रविधि अरू किसानमाझ पुर्‍याउन पनि उत्तिकै समय दिन्छन्। ठाउँठाउँमा गएर तालिम र प्रवचन दिनु उनको दैनिकीको अभिन्न अंग बनेको छ। नौला खेतीको प्रयोगमा विश्वास गर्ने पाठक अहिले नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा एकैपटक पेस्ताको प्रयोगात्मक खेतीमा जुटेका छन् । भन्छन्, "नयाँ र उच्च मूल्यका बाली नलगाएसम्म कृषिबाट समृद्धिको सम्भवै छैन।"





बाख्राको चिजमा दिल 

एक दशकअघि मात्रै मलिलो माटो र पानीको सुविधा भएको मकवानपुरको चित्लाङको फाँटभर िलहलह धानका बाला झुलिरहेका बेला अशोकसिंह ठकुरी, ४९, चाहिँ तरकारी खेती गर्दै थिए। त्यो यस्तो समय थियो कि छिमेकीहरू धान फल्ने खेतमा तरकारी लगाएकाले 'अब यसले के खान्छ ?' भनेर टिप्पणी गर्थे। कृषिमा सधँै नयाँ प्रयोग गर्न रुचाउने ठकुरीले त्यतिबेला तरकारी खेतीबाटै मनग्गे आम्दानी गरेर कुरा काट्नेहरूलाई गतिलो जवाफ दिए। झन्डै १४ वर्षसम्म व्यावसायिक तरकारी खेती गरेका तिनै ठकुरी अहिले बाख्राको दूधबाट चिज उत्पादन गर्ने नेपाली किसान बनेका छन्।

खिरलिो ज्यानका ठकुरी कर्ममा विश्वास गर्ने मान्छे हुन्। १० वर्ष पहिले गाउँका अगुवा गाईपालकसँगै प|mान्स गएर एक महिनासम्म गाई तथा बाख्रापालन र चिज उत्पादनको ज्ञान लिएर फर्केपछि उनले तरकारी खेती छाडेका हुन्। त्यतिबेला प|mान्स छिरेका उनका एक साथी उतै लुके। तर, अशोकलाई आफ्नै माटोमा केही गर्ने हुटहुटीले त्यता बस्न मन लागेन। प|mान्सका फार्म घुमेपछि दुधालु बाख्रा पाल्न सकेमा चिजबाट गतिलो आम्दानी गर्न सकिन्छ भन्ने निष्कर्षमा उनी पुगे।

नेपाल फर्केपछि १० वटा जति बाख्राको बथानबाट उनले चिज उत्पादन सुरु गरे, जो अहिले काठमाडौँका तारे होटलमा लोकपि्रय छ। लोकपि्रय यतिसम्म कि उनी माग अनुसारको आपूूर्ति नै गर्न सकिरहेका छैनन्। यो नौलो उद्यमबाट उनले नाम मात्रै कमाएका छैनन्, अर्थोपार्जन पनि राम्रै गररिहेका छन्। अहिले उनका गोठमा ८० वटा दुधालु बाख्रा छन्। हातमा सानो मग बोकेर उनी पुग्नेबित्तिकै ती बाख्रा इमानदार भएर उभिन्छन् र उनी दूध दुहेर फर्किन्छन्। दैनिक ५० लिटर बाख्राको दूधको आवश्यकता भए पनि उनले आफ्नो फार्मबाट दैनिक करबि १० लिटर दूध मात्रै उत्पादन गररिहेका छन्। नपुगमध्ये केही लिटर दूध उनले गाउँलेहरूबाट प्रतिलिटर ६० रुपियाँका दरमा खरदि गर्छन्। तर पनि उनलाई बाख्राको दूध पुगेको छैन। किनभने, अहिले नेपाली बजारमा दैनिक ३० किलो बाख्राको चिजको माग छ। दूधको अभावमा दैनिक पाँच किलो मात्रै उत्पादन भइरहेको छ। बाँकी चिजको आपूर्ति विदेशको आयातबाटै हुने गरेको छ। नरम चिज १ हजार ५ सय रुपियाँ र कडा चिज २ हजार ५ सय रुपियाँ प्रतिकिलोमा बेच्ने उनी वाषिर्क १० लाख रुपियाँ हाराहारीको आम्दानी गर्छन्। यतिखेर उनको उत्पादन नेपालदेखि जर्मनीसम्म फैलिएको छ ।

तर, यो दिनसम्म आइपुग्न उनले अनेकन् दुःखका घुम्ती पार गर्नुपर्‍यो। प|mान्सबाट फर्केको सुरुका पाँच महिना त उनलाई बाख्राको चिज बनाउने तरकिा र विधि सिक्नै लाग्यो। त्यसको केही वर्षसम्म उनी स्थानीय समुदायको अगुवाइमा खोलिएको सहकारी संस्थामार्फत नै बाख्राको चिजको बजार प्रवर्द्धन गर्नमा लागे। तर, दैनिक एकदेखि डेढ किलोसम्मको उत्पादन बिक्न नसकेपछि यो प्रयास असफल भयो। यही प्रयासमा अशोकले पनि केही पैसा र समय गुमाए। यद्यपि, उनको प्रयासमा पूर्णविराम लागेन। वर्षौंसम्म चिज उत्पादन र बजार प्रवर्द्धनको उनको एक्लो प्रयास जारी रह्यो।

अघिल्लो वर्ष मात्रै तीन लाख रुपियाँ खर्चिएर ठकुरी बाख्राको चिज उत्पादनबारे थप ज्ञान लिन बेल्जियम गए। केही महिना त्यहाँ सिकेको ज्ञानकै कारण अहिले उनी उच्च गुणस्तरको चिज बनाउन सक्षम भएका छन्। तर, बेल्जियमका किसानहरूले उनलाई उपहार दिएका दैनिक सात लिटरसम्म दूध दिने बाख्रा नेपाल ल्याउन नसकेकामा भने उनी निराश छन्। ठकुरीको चिज उद्यमप्रतिको लगाव देखेर त्यहाँका किसानले उनलाई १४ वटा बाख्रा दिने र तिनलाई भारतसम्म ल्याइदिने वचन पनि दिए। तर, भारतबाट नेपालसम्म बाख्रा भित्र्याउन नमिल्ने कानुनी प्रावधानका कारण उनी अलमलमा परेका छन्। तिनलाई नेपाल भित्र्याउने अनेक बाटो खोज्दै उनले कैयन्पटक पशु सेवा निर्देशनालयलगायतका अनेकौँ सरकारी निकाय चहारसिके। तर, उनले कतैबाट सहयोग पाएनन्।

ठकुरीले बाख्ा्राको चिजलाई परििचत गराउँदै आफ्नो व्यापार मात्रै बढाएका छैनन्, अरू किसानलाई समेत सिकाएका छन्। जस्तो ः उनले खोलेको सम्भावनाको ढोकाबाट छिर्न चाहनेको संख्या कति रहेछ भन्ने कुरा उनको फार्ममा रहेको आगन्तुक पुस्तिकामा उल्लेखित संख्याले नै बताउँछ। केही महिना पहिले मात्रै भारतको लद्दाखबाट आएका एक तन्नेरीले उनको बाख्रा फार्ममा १० दिनसम्म काम गरेर अनुभव बटुले र फर्के। ती व्यक्ति अहिले लद्दाखमा यस्तै बाख्रा फार्म खोल्ने तरखरमा रहेको ठकुरी बताउँछन्। नेपालकै पहिलो र एक मात्र बाख्राको चिज उत्पादन केन्द्रका मालिक बन्न पाएकामा ठकुरी आफू पनि गर्व गर्छन्। तर, उनी यत्तिमै हात बाँधेर बस्ने पक्षमा भने छैनन्। भन्छन्, "बाख्राको चिजमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य छ।"