विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.
Showing posts with label राजनीतिक. Show all posts
Showing posts with label राजनीतिक. Show all posts

Tuesday, January 22, 2013

Khai kasari hunchha??

नेपाल को बिकाश को लागि यो उ भनेर हामी जनता लाई कुरी कुरी गरेका नेताहरुलाई मेरो १ प्रस्न छ, देश मा महंगी बढिरहेको छ. जनताको स्तर उदोगति मा गैरहेको छ, तर किन कुनै पनि पार्टी लाई महंगी ले छुदैन. हरेक पार्टी संग आकुत सम्पति कहाबाट आउछ. अनि Full Timmer कार्यकर्ता को लालन पालन कसरि हुन्छ. ???  पुष्पकमल जी लगायत विभिन्न पार्टीका मुखिया हरुको  दरबार को भाडा पार्टीले दिने, बिडम्बना १ छाक खान धौ धौ पर्ने नेपाली जनताको दुक्खको घडीमा कुनै पनि पार्टीले सहयोग नदिने.. धन्य छौ नेताहरु ..... 

Monday, July 2, 2012

दुक्ख लाग्छ नेपाल को खबरले

              खबर हरु सुनिदै छ ए नेकपा (माओबादी) ले चितवन बन्द गरेको. दुई  माओबादी लडाई  गर्छन गोली चल्छ, दोषी लाई कारबाही हुदैन. हुन्छ त बन्द अनि जनता लाई सास्ती. कृपया यो बताईदिनुहोस  यो बन्द बाबुराम ले गरेको हो कि प्रचण्ड ले कि नारायण काजी ले. धन्य छौ नेता. धन्य छौ कार्यकर्ता. कृपया सबै नेता र कार्यकर्ता ले दयागरी नेपाली जनता लाई  सान्ति दिनुहोस दस औला जोडी बिनम्र निबेदन छ महासय हरुलाई.विकास नगर्नुहोस , भ्रस्टाचार गर्नुहोस , आफन्तलाई नोकरी लगाउनुहोस केहि छैन तर देसमा शान्ति हुनदिनुहोस .


दुक्ख लाग्छ नेपाल को खबरले 

Wednesday, June 27, 2012

अनिमात्र देसको विकास गर्ने बाटो खुल्नेछ

हामीले सधै भरी नेताले एसो गरेनन उसो गरेनन अनि सरकारले एसो गरेन उसो गरेन  भनेर समय बर्बाद गर्दछौ . आफ्नो स्पस्ट धारणा नभएका सानो घेरामा रमाउने सेतै फुलेका इ डाडा माथीका घाम संग हामीले आस गर्ने कुरा नै पो के छ र. त्यसैले नवजवन हरु आफ्नो गाऊ बाट आफ्नो ठाउँ बाट जे जती गर्न सकिन्छ हामीले पनि योगदान दिने कोसिस गरौ. त्यस्तै विविन्न पार्टीमा लागेका नवजवान हरु डाडा माथिका घामलाई पुजा गर्दै जिम्मेबारी लिन कम्मर कसौ अनिमात्र देसको विकास गर्ने बाटो खुल्नेछ