बराक ओबामा
बराक हुसैन ओबामा (जन्म: ४ अगस्त, १९६१) अमेरिकाका ४४औं राष्ट्रपति हुन् | उनी यस देशका प्रथम अश्वेत (अफ्रीकी अमरीकन) राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनॉय राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्रैटिक पार्टीका उम्मेद्वार थिए। ओबामा हार्वर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक बने, जहाँ उनी हार्वर्ड ल रिव्यूका पहिला अफ्रीकी अमरीकी अध्यक्ष पनि भए। १९९७ देखि २००४ इलिनॉय सेनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे| १९९२ देखि २००४ सम्म उनले शिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस आफ रिप्रेसेंटेटिवमा सीट हासिल गर्न असफल भएपछि जनवरी २००३मा उनको नजर अमरीकी सेनेटतर्फ लाग्यो| मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नवम्बर २००३मा सेनेटका लागि निर्वाचित भए|
१०९ औं काग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारंपरिक हात-हतियारमाथि नियंत्रण तथा संघीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे। उनी पूर्वी युरोप, मध्य पूर्व र अफ्रीकाको राजकीय यात्रामा पनि गए| ११० औं काग्रेसमा लबिंग तथा चुनावी धाँधली, मौसम परिवर्तन, नाभिकीय आतंकवाद तथा युद्धबाट फर्किएका अमेरीकी सैनिकहरुको कल्याण सम्वन्धित विधेयक-निर्माणमा उनले सहयोग गरे। विश्व शांतिमा उल्लेखनीय योगदान गरे बापत बराक ओबामालाई वर्ष 2009 को नोबेल पुरस्कार प्रदान
प्रारंभिक जीवन
होनोलूलूमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका संतान हुन्। उनको अधिकांश प्रारंभिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो। ६ देखि १० वर्ष सम्मको उमेर उनले जकार्ता (इंडोनेशिया) मा आफ्नी आमा र इंडोनेशियाई सानोबाबु(सौतेलो बाबु) सँग बिताए| बाल्यकालमा उनलाई बैरी नामले बोलाइन्थ्यो| पछि होनोलूलू फर्केपछि आफ्नो मावल घरमा बस्न थाले| १९९५ मा उनकी आमाको कैंसर रोगको कारणले मृत्यु भयो| ओबामाको विवाह १९९२ मा मिशेलसित भएको हो र जसबाट दुइ छोरीहरु (मालिया र साशा) भए| ओबामालाई बाल्यकालमा लालन-पालन गर्ने हजुर आमा (मेडलिन दुनहम)को पनि २ नवंबर, २००८ का दिन ८६ वर्षको उमेरमा निधन भयो
लेखन कार्य
हार्वड ल स्कूलबाट सन १९९१ मा स्नातक गरेका ओबामाले दुइवटा लोकप्रिय पुस्तकहरु पनि लेखे| उनको पहिलो पुस्तक- ड्रीम्स फ्रॉम माई फादरः अ स्टोरी आफ रेस एंड इन्हेरिटेंसको प्रकाशन ल (Law) स्कूलबाट स्नातक बनेको केहि दिनपछि गरिएको थियो| यस पुस्तकमा होनोलूलू र जकार्तामा बितेको उनको बाल्यजीवन, लस एंजलिस र न्यूयॉर्कमा बितेको कालेज जीवन तथा सन ८० को दशकमा शिकागो सहरमा सामुदायिक आयोजकको रूपमा उनको नौकरी गरेका दिनहरुका संस्मरण छन्। पुस्तकमा आधारित आडियो बुकलाई सन् २००६ मा प्रतिष्ठित ग्रैमी पुरस्कारले सम्मानित गरियो। उनको दोस्रो पुस्तक द ओडेसिटी आफ होप मध्यावधि चुनावको तीन साता अघि अक्तूबर २००६ मा प्रकाशित भयो|छोटो अवधिमा नैं यो पुस्तक बेस्टसेलर सूचीमा सामेल भयो। [३] शिकागो ट्रिब्यूनका अनुसार पुस्तक-प्रचारको बेला मानिसहरुसित भेट-घाटको प्रभावले पछि गएर ओबामालाई राष्ट्रपति पदको चुनावमा उत्रिने हौसला मिल्यो।
राष्ट्रपति पदको उम्मेदवारी दर्ता
५ जून, २००८ का दिन ओबामाको उम्मेद्वारीको समर्थनमा उनकी डेमोक्रेटिक प्रतिद्वंद्वी तथा पूर्व प्रथम महिला हिलेरी क्लिंटन आफ्नो दावेदारी छोडिदिने तय भइसकेको थियो[४]। अमेरिकी इतिहासमा ओबामा केवल पाँचौं अफ्रीकी अमेरिकी सेनेटर मात्र नभएर उनी मतदानद्वारा चुनिएका तेस्रा अनि सेनेटमा नियुक्त एक मात्र अफ्रीकी अमरीकन सेनेटर पनि हुन्।
There is nothing permanent in this earth. Neither you or your life. Neither your relation or any thing else. All the things are temporary in this world love, hate, believe or any thing else. So enjoy your life live your life and rock the life. Life rocks
विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ
बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.
Subscribe to:
Posts (Atom)