२०८१:
अनुभूतिको एक वर्ष – २०८२: आशाको नयाँ सुरुवात
– बोधराज लम्साल
२०८१
सकियो—अब त्यो इतिहास
बनिसक्यो। पोहोरको यही समय, उमंग
र उत्साहले भरिएको नयाँ यात्रा सुरु
भएको थियो। अहिले फर्केर हेर्दा त्यो यात्रा ज्ञान,
अनुभव, उतारचढाव, संकल्प र प्रतिबद्धताले भरिएको
रह्यो।
कार्यक्षेत्र
यो वर्ष सिकाइ र
उमंगले भरिएको रह्यो। नेपालमै रहेर वैश्य युगको
एक उत्कृष्ट संस्थासँग—ल्याण्डमार्क होटल्स एण्ड रिसोर्ट्स—आबद्ध
रही काम गर्ने अवसर
पाइयो। हस्पिटालिटी क्षेत्रमा नयाँ अनुभव बटुल्न
पाएँ। विवेक र क्षमता अनुसार
आफ्नो ज्ञान र अनुभवलाई योगदानमा
रूपान्तरण गर्ने प्रयास गरें—विशेष गरी
ट्रेनिङ, मार्केटिङ, सेल्स, र अपरेसन क्षेत्रमा।
काठमाडौँ, पोखरा,
चितवन र भैरहवा—यी
मेरा मुख्य कार्यक्षेत्र बने। २०८१ मेरो
कार्यकुशलता र विवेक प्रयोग
गर्ने महत्वपूर्ण वर्ष रह्यो।
व्यवसायिक
भ्रमण
- भारतको
दिल्ली र पटना भ्रमण व्यवसायिक दृष्टिले सफल रह्यो।
यात्रा
- कैलास
मानसरोवर यात्रा मेरो जीवनकै एक महत्त्वपूर्ण आध्यात्मिक यात्रा बन्यो।
- यस
यात्रामा सधैँ सम्झिरहने पात्र श्री सी. एन. पाण्डे र सहजकर्ता सन्देशजी प्रति विशेष आभार।
- सम्राट
टुर्स एण्ड ट्राभल्स सँगको समन्वय सम्झनलायक रह्यो।
- अयोध्या
यात्रा: श्रीमती, आमा र करिब ५० जनाको समूहसँगको अयोध्या यात्रा हृदयस्पर्शी रह्यो।
- जनकपुर
यात्रा: मेरी प्रिय श्रीमतीसँग कामकै शिलशिलामा गरिएको जनकपुर यात्रा पनि मनमा बस्ने अनुभूति बन्यो।
सामाजिक
संलग्नता
- लायन्स
क्लब (नारायणघाट सप्तरंगी) सँग आबद्ध भए तापनि समय दिन नसकेकोमा मन खिन्न भयो।
- क्लबका
प्रेरक नेता श्री शिव पौडेल सरलाई सदैव सम्झिरहनेछु।
- SKAL International Nepal सँगको आबद्धताले
ट्राभल र हस्पिटालिटी क्षेत्रमा उच्चस्तरीय सम्पर्क बनाउने मौका मिल्यो।
- Toastmasters International सँग पनि
अवसर मिलेसम्म संलग्न रहने मौका पाइयो।
- यसमा
आवद्ध गराउन प्रेरणा दिनुहुने परिवर्तन रेग्मी प्रति आभार।
आध्यात्मिक
यात्रा
- विपश्यना
ध्यान गर्ने अवसर मिल्यो।
- आर्ट
अफ लिभिङ को ह्यापिनेस प्रोग्राममा सहभागी हुन पाएँ।
- ISKCON का
कक्षा लिने मौका मिल्यो।
पारिवारिक
पक्ष
- जीवन
रंगिन रह्यो।
- बुबाको
इच्छा अनुसार घर बनाउन नपाउनु अफसोस रह्यो—तर २०८२ मा बन्नेछ भन्ने विश्वास छ।
- आमालाई
निमोनिया लागेको थियो, तर वर्षको अन्त्यसम्ममा स्वास्थ्यमा सुधार आएको छ।
- हजुरआमाको
सेवामा तल्लीन बुवा, आमा र श्रीमतीलाई देख्दा मन गर्वले भरिन्छ।
- बाबु
कक्षा ७ र छोरी कक्षा १० मा पुगे—प्रगतिको बाटोमा।
- चार
पुस्ता एउटै छानामुनि, एउटै भान्सामा बस्नु अद्भुत लाग्छ।
- श्रीमतीले
जागिर त्याग गरी व्यवसायमा पाइला राखिन्—यो साहसिक निर्णयप्रति म उत्साहित छु।
राष्ट्र
- यो
वर्ष राष्ट्रिय राजनीति अपेक्षाअनुसार चल्न सकेन।
- सरकार
फेरबदलमा व्यस्त रह्यो, नीति र दिशा अस्पष्ट रह्यो।
- केही
नेताहरूको प्रयास देखिए पनि निरन्तरता र स्पष्ट दृष्टिकोणको कमीले निराशा बढायो।
२०८२
सालको योजना
कार्यक्षेत्र
- कार्यकुशलतालाई
थप निखार्नेछु।
- कम्तीमा
दुईवटा नयाँ होटलहरू संस्थामा थप्नेछु।
- हर
महिना एउटा गरी १२ वटा नयाँ इनिसिएटिभ सुरु गर्नेछु।
व्यवसायिक
भ्रमण
- भारत,
थाइल्याण्ड, बेलायत भ्रमण गर्नेछु।
यात्रा
- खप्तड
र मुक्तिनाथ भ्रमण गर्ने लक्ष्य छ।
सामाजिक
संलग्नता
- SKAL, Toastmasters सँग
निरन्तर संलग्न रहनेछु।
- साथै:
PATA, WTTC, FIHA, HFTP, ISHC, YPO,
Rotary International ,Harvard Business Review Advisory Council, UNWTO, GSTC ,विश्व हिन्दू महासंघ
यी सबै संस्थामा आबद्ध
हुने योजनामा छु।
आध्यात्मिक
- एकपटक
विपश्यना र एकपटक ह्यापिनेस प्रोग्राम लिनेछु।
- दैनिक
२ घण्टा ध्यान गर्नेछु।
- बुवा,
आमा र श्रीमतीको कैलासमानसरवर यात्राको व्यवस्था मिलाउनेछु।
पुस्तक
अध्ययन र प्रशिक्षण
- वर्षमा
१२ वटा पुस्तक पढ्नेछु।
- कम्तिमा
१२ दिनको तालिम लिनेछु।
पारिवारिक
- घरको
एकतला थप्नेछु।
- बुवा–आमाका लागि एक कार किन्नु मेरो लक्ष्य हो।
- श्रीमतीको
व्यवसायलाई पूर्ण रूपमा अघि बढाउन साथ दिनेछु।
- छोराछोरीको
खुसीका लागि लाग्नेछु।
राष्ट्र
- सकारात्मक
सोच फैलाउन श्रीमतीसँगै युट्युब च्यानल सुरु गर्नेछु।
- राजनीतिक
नेतृत्व, मेयर, स्कुल सञ्चालकहरूलाई निरन्तर सुझाव दिनेछु।
- नेपालको
पर्यटन प्रवर्द्धनमा सरकारलाई सघाउनेछु।
अन्तर्मनका
गहिरा योजना
- संसार
घुम्ने योजना: २०८६ बाट सुरु गर्नेछु।
- २
वर्ष साइलेंट मेडिटेसन: २०९२ र २०९३ मा गर्नेछु।
- Golden Bridge संस्था
दर्ता गरी, साठी वर्ष पार गरिसकेका व्यक्तिहरूको खुसी र ज्ञान स्थानान्तरणका लागि २०९४ देखि जीवनभर समर्पित रहनेछु।
Post a Comment
0Comments