२०८१: अनुभूतिको एक वर्ष – २०८२: आशाको नयाँ सुरुवात

BodhRaj Lamsal
By -
0

 

२०८१: अनुभूतिको एक वर्ष – २०८२: आशाको नयाँ सुरुवात
– बोधराज लम्साल

२०८१ सकियो—अब त्यो इतिहास बनिसक्यो। पोहोरको यही समय, उमंग र उत्साहले भरिएको नयाँ यात्रा सुरु भएको थियो। अहिले फर्केर हेर्दा त्यो यात्रा ज्ञान, अनुभव, उतारचढाव, संकल्प र प्रतिबद्धताले भरिएको रह्यो।

कार्यक्षेत्र

यो वर्ष सिकाइ र उमंगले भरिएको रह्यो। नेपालमै रहेर वैश्य युगको एक उत्कृष्ट संस्थासँग—ल्याण्डमार्क होटल्स एण्ड रिसोर्ट्स—आबद्ध रही काम गर्ने अवसर पाइयो। हस्पिटालिटी क्षेत्रमा नयाँ अनुभव बटुल्न पाएँ। विवेक र क्षमता अनुसार आफ्नो ज्ञान र अनुभवलाई योगदानमा रूपान्तरण गर्ने प्रयास गरें—विशेष गरी ट्रेनिङ, मार्केटिङ, सेल्स, र अपरेसन क्षेत्रमा। काठमाडौँ, पोखरा, चितवन र भैरहवा—यी मेरा मुख्य कार्यक्षेत्र बने।  २०८१ मेरो कार्यकुशलता र विवेक प्रयोग गर्ने महत्वपूर्ण वर्ष रह्यो।

व्यवसायिक भ्रमण

  • भारतको दिल्ली र पटना भ्रमण व्यवसायिक दृष्टिले सफल रह्यो।

यात्रा

  • कैलास मानसरोवर यात्रा मेरो जीवनकै एक महत्त्वपूर्ण आध्यात्मिक यात्रा बन्यो।
    • यस यात्रामा सधैँ सम्झिरहने पात्र श्री सी. एन. पाण्डे र सहजकर्ता सन्देशजी प्रति विशेष आभार।
    • सम्राट टुर्स एण्ड ट्राभल्स सँगको समन्वय सम्झनलायक रह्यो।
  • अयोध्या यात्रा: श्रीमती, आमा र करिब ५० जनाको समूहसँगको अयोध्या यात्रा हृदयस्पर्शी रह्यो।
  • जनकपुर यात्रा: मेरी प्रिय श्रीमतीसँग कामकै शिलशिलामा गरिएको जनकपुर यात्रा पनि मनमा बस्ने अनुभूति बन्यो।

सामाजिक संलग्नता

  • लायन्स क्लब (नारायणघाट सप्तरंगी) सँग आबद्ध भए तापनि समय दिन नसकेकोमा मन खिन्न भयो।
    • क्लबका प्रेरक नेता श्री शिव पौडेल सरलाई सदैव सम्झिरहनेछु।
  • SKAL International Nepal सँगको आबद्धताले ट्राभल र हस्पिटालिटी क्षेत्रमा उच्चस्तरीय सम्पर्क बनाउने मौका मिल्यो।
  • Toastmasters International सँग पनि अवसर मिलेसम्म संलग्न रहने मौका पाइयो।
    • यसमा आवद्ध गराउन प्रेरणा दिनुहुने परिवर्तन रेग्मी प्रति आभार।

आध्यात्मिक यात्रा

  • विपश्यना ध्यान गर्ने अवसर मिल्यो।
  • आर्ट अफ लिभिङ को ह्यापिनेस प्रोग्राममा सहभागी हुन पाएँ।
  • ISKCON का कक्षा लिने मौका मिल्यो।

पारिवारिक पक्ष

  • जीवन रंगिन रह्यो।
  • बुबाको इच्छा अनुसार घर बनाउन नपाउनु अफसोस रह्यो—तर २०८२ मा बन्नेछ भन्ने विश्वास छ।
  • आमालाई निमोनिया लागेको थियो, तर वर्षको अन्त्यसम्ममा स्वास्थ्यमा सुधार आएको छ।
  • हजुरआमाको सेवामा तल्लीन बुवा, आमा र श्रीमतीलाई देख्दा मन गर्वले भरिन्छ।
  • बाबु कक्षा ७ र छोरी कक्षा १० मा पुगे—प्रगतिको बाटोमा।
  • चार पुस्ता एउटै छानामुनि, एउटै भान्सामा बस्नु अद्भुत लाग्छ।
  • श्रीमतीले जागिर त्याग गरी व्यवसायमा पाइला राखिन्—यो साहसिक निर्णयप्रति म उत्साहित छु।

राष्ट्र

  • यो वर्ष राष्ट्रिय राजनीति अपेक्षाअनुसार चल्न सकेन।
  • सरकार फेरबदलमा व्यस्त रह्यो, नीति र दिशा अस्पष्ट रह्यो।
  • केही नेताहरूको प्रयास देखिए पनि निरन्तरता र स्पष्ट दृष्टिकोणको कमीले निराशा बढायो।

 

२०८२ सालको योजना

कार्यक्षेत्र

  • कार्यकुशलतालाई थप निखार्नेछु।
  • कम्तीमा दुईवटा नयाँ होटलहरू संस्थामा थप्नेछु।
  • हर महिना एउटा गरी १२ वटा नयाँ इनिसिएटिभ सुरु गर्नेछु।

व्यवसायिक भ्रमण

  • भारत, थाइल्याण्ड, बेलायत भ्रमण गर्नेछु।

यात्रा

  • खप्तड र मुक्तिनाथ भ्रमण गर्ने लक्ष्य छ।

सामाजिक संलग्नता

  • SKAL, Toastmasters सँग निरन्तर संलग्न रहनेछु।
  • साथै:

PATA, WTTC, FIHA, HFTP, ISHC, YPO, Rotary International ,Harvard Business Review Advisory Council, UNWTO, GSTC ,विश्व हिन्दू महासंघ
यी सबै संस्थामा आबद्ध हुने योजनामा छु।

आध्यात्मिक

  • एकपटक विपश्यना र एकपटक ह्यापिनेस प्रोग्राम लिनेछु।
  • दैनिक २ घण्टा ध्यान गर्नेछु।
  • बुवा, आमा र श्रीमतीको कैलासमानसरवर यात्राको व्यवस्था मिलाउनेछु।

पुस्तक अध्ययन र प्रशिक्षण

  • वर्षमा १२ वटा पुस्तक पढ्नेछु।
  • कम्तिमा १२ दिनको तालिम लिनेछु।

पारिवारिक

  • घरको एकतला थप्नेछु।
  • बुवा–आमाका लागि एक कार किन्नु मेरो लक्ष्य हो।
  • श्रीमतीको व्यवसायलाई पूर्ण रूपमा अघि बढाउन साथ दिनेछु।
  • छोराछोरीको खुसीका लागि लाग्नेछु।

राष्ट्र

  • सकारात्मक सोच फैलाउन श्रीमतीसँगै युट्युब च्यानल सुरु गर्नेछु।
  • राजनीतिक नेतृत्व, मेयर, स्कुल सञ्चालकहरूलाई निरन्तर सुझाव दिनेछु।
  • नेपालको पर्यटन प्रवर्द्धनमा सरकारलाई सघाउनेछु।

 

अन्तर्मनका गहिरा योजना

  • संसार घुम्ने योजना: २०८६ बाट सुरु गर्नेछु।
  • २ वर्ष साइलेंट मेडिटेसन: २०९२ र २०९३ मा गर्नेछु।
  • Golden Bridge संस्था दर्ता गरी, साठी वर्ष पार गरिसकेका व्यक्तिहरूको खुसी र ज्ञान स्थानान्तरणका लागि २०९४ देखि जीवनभर समर्पित रहनेछु।

 

Post a Comment

0Comments

Post a Comment (0)