मनको
कलमबाट - २५
१ हेक्का गर्नुहोस
यो बुद्ध भुमि हो ।
१७००० को हत्या /साहदात
भएको देश हो ।
रास्ट्रपति प्रधानमन्त्री लगाएत का अफिस र
घर जलेको देश हो ।
आफ्नो माग राख्न जम्मा
भएका किसोर
किसोरी हरुलाई हत्या गरिएको देश हो ।
२ हेक्का गर्नुहोस
यो पशुपतिनाथले कल्याण गर्ने देश हो ।
संसार भर ५० बढि क्रिस्टियन,
मुस्लिम लगाएत धार्मिक देश हरुको अस्तित्व
स्विकारी रहदा संसारको एकमात्र
हिन्दु रास्ट्र हट्यो । किन हटाइयो?
जवाफ दिनुनै नपर्ने काइदा
।
३ हेक्का
गर्नुहोस तिन करोड भन्दा
कम जनसंख्या रहेको देशमा झन्डै डेड्सय पार्टि छन् । यानेकि
दामासहिले हिसाब गर्नेहो भने एउटा पार्टिको
भागमा दुइ लाख मान्छे
पनि नपर्ने ।
४ हेक्का गर्नुहोस
अहिले जेंजी आन्दोलन पछि केहि दर्जन
निजि उद्धोग बन्द हुने स्थितिमा
छन् भनेर रोइ कराई
गर्नेले यो खोज्दैनाकी बहुदल
आएपछि झन्डै १५० उद्धोग किन
बन्द भए ? अझै यो
त झन् चुइक्क गर्दैन
कि सरकारी उद्योगहरु किन बन्द भए
?
५ हेक्का गर्नुहोस
बिकास गर्न नीति भन्दा
पहिले नियत चाहिन्छ ।
गलत नियतले बनेका नीतिहरु कागजका खोस्टा हुन् ति खोस्टा
बनाउन मात्र हाम्रो देशले ३ पिडि र
खर्बौ धनरासी खर्च भएको छ।
६ हेक्का
गर्नुहोस तपाइको आफ्नो कोहि छैन मात्र
तपाइँ आफै हो । यहा
त सबै स्वार्थ को
लागि कुदिरहेको भिडमा तपाइ पनि एक
यात्रिहो । कहिलेकाही त
तपाइँ आफै पनि आफ़्नोलागि
काम लाग्नुहुन बाकि भ्रम हो
। नाता गोता परिवार
मात्र केहि स्वार्थ ले
तपाइँ संग जोडिएका छन
। या तपाइँ पनि
केहि स्वार्थका खातिर जोडिनुभेको छ ।
७ हेक्का
गर्नुहोस हाम्रो औसत आयु ७०
बर्ष यानेकि ८४० महिना मात्र
हो । ४० बर्ष पुगेको
मान्छे ३६० महिना अरु
यो धर्तीमा रहन्छ । ८४ नै
गर्नुभएछ भने पनि तपाइको
यो धर्तीमा बस्ने भनेको १००८ महिना हो
। ५० पुगेको मान्छे
अरु यो धर्तीमा ४००
महिना बस्छ। तेस्पछि
लाग्छ आफ्नो बाटो ।
८ हेक्का गर्नुहोस यो
घर गाडि भौतिक बस्तु
केहि समयको झिल्झिलामात्र हो । तपाइँ
कुनैपनि भौतिक बस्तुबाट प्राप्त हुने खुसि लामो
समय टिक्दैन । हुनत तपाइको
आफ्नै सरिर पनि त
कहा लामो समय टिक्छ
र ?
९ हेक्का गर्नुहोस
तपाई दुखि हुदा लाग्छ
अरुको कारणले दुखि भएकी भनेर
तर सत्य के हो
भने ९०% भन्दा बढि
तपाइँ आफ्नै कारणले दुखि या खुसि
हुनुहुन्छ ।
१० हेक्का गर्नुहोस
स्वर्ग नर्क यहि भोगेर
जाने पनि हो।
जे रोप्यो तेही फल्छ हरेक
दशकमा तपाइले आफुले अगिल्लो दशकमा रोपेको फल पाउनुहुन्छ ।
विभिन्न मुद्दाहरु बारे सामाजिक संजालमा
धारणा मेरा निजि बिचारहरु
हुन ।
मेरो जीवन जिउने
आधार, जीवन बारे
यो धर्तीमा स्थायी
केहि छैन। न तिमी
न तिम्रो जीवन। न तिम्रो नाता
न अरु केहि ।
यो संसारमा हरेक चिज क्षणिक
हुन्छ, प्रेम, घृणा, विश्वास वा अन्य कुनै
पनि कुरा। जीवन सुन्दर उपहार
हो, तेस्लाई बुझ्न होइन जिउनमा छुटै
आनन्द छ, तपाइँ काल
गतिले नै मर्नुभयो भने
तपाइको जम्मा धर्तिको बसाइ १००८ महिना
मात्र हो , त्यसैले आफ्नो
जीवनको आनन्द लिनुहोस ।
राजनीति बारे
बिकाश त जुनसुकै नीति
लिए पनि हुदो रहेछ
। चाहे राजा भन्नुहोस,
चाहे रास्ट्रपति, चाहे तानासाह, वा
अरु कुनै । खाडी
मुलुकमा राजाको हुकुम चल्छ राम्रै बिकाश
भएको छ । उत्तर
कोरियामा तनासहाको सरकार छ राम्रै बिकाश
भएको छ छिमेकी चीन
मा कम्युनिस्ट सरकार छ विकास भएकै
छ । विकास त
नेताको नीतिबाट साथै नियतबाट धेरै
निस्कने कुरा रहेछ ।
सामाजिक संजाल मा मेरो उपस्थिति
निम्न ठाउहरुमा हुनेछन
Blog: - https://bodhrajlamsal.blogspot.com/
Facebook:
- https://www.facebook.com/BodhrajversionII
Twitter:
- https://twitter.com/BodhRajLamsal...
LinkedIn:
linkedin.com/in/bodh-raj-45996355

Post a Comment
0Comments